Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीमा सत्ता गठनबन्धनको आकस्मिक बैठक जारी

विराटनगर । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौं उडेपछी विराटनगरमा सत्ता गठबन्धनको आकस्मिक बैठक बसिरहेको छ ।

बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार ८ बजेकै यति एअरलाइन्सको फ्लाइटबाट काठमाडौं उडेपछि मुख्यमन्त्री उद्धव थापासहित गठबन्धनका नेताहरूको आकस्मिक बैठक बसेको हो।

बैठक विराटनगरको एक होटलमा बसिरहेको छ। मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने कार्यसूची थियो । उनलाई विश्वासको मत पुग्नबाट रोक्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रयास गरिरहेको छ ।

९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ छन् । प्रमुख प्रतिपक्षी एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी प्रतिपक्षमा ४६ प्रदेश सांसद छन् । प्रदेशसभामा विश्वासको मत लिन ४७ सदस्यको समर्थन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077