Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज विश्वासको मत लिँदै कोशी प्रदेशका मुख्यमन्त्री थापा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिँदै छन् । गत साउन १६ गते पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । तर, थापाले विश्वासको मत पाउने आधार अहिलेसम्म देखिएको छैन ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्दछ । सत्ता पक्ष गठबन्धनसँग ४७ जना सांसद संख्या भएपनि उनीहरु सबैले मूख्यमन्त्रीको पक्षमा मत दिन पाउने नपाउने टुंगो छैन ।

सभामुख बाबुराम गौतमले पदत्याग गरिसकेका छन् । उपसभामुख सिर्जना दनुवारले पनि विरामी परेको भन्दै सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकाले प्रदेशसभा सञ्चालन कसले गर्ने भन्ने अन्यौल बढेको छ । बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट दनुवार काठमाडौं लागेकी छिन् । उनले प्रदेशसभा सचिवालयले आफू आज उपस्थित हुन नसक्ने जानकारी गराएकी छिन् ।

सभामुख र उपसभामुख नभएको अवस्थामा सभा सञ्चालनका लागि गठन गरिएको अध्यक्ष मण्डल मध्येका एमाले र राप्रपाका सदस्यहरुले पनि आइतबार नै सोमबारको बैठकमा उपस्थित नहुने जानकारी गराईसकेका छन् ।

अब सत्ता पक्षकै ज्येष्ठ सदस्य इस्माइल मन्सुरीले सभाको अध्यक्षता गर्नुपर्ने अवस्था आएको बताइएको छ । सभाध्यक्षले मत हाल्न नपाउने अवस्थामा मूख्यमन्त्री थापाको पक्षमा बहुमत जुट्न मुश्किल पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077