Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशकी उपसभामुख दनुवार बिदामा, सरकार ढाल्ने रणनीतिमा एमाले

विराटनगर । कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवार बिरामी बिदामा बसेकी छन् ।

इस्राइल मन्सुरीलाई सभा चलाउने जिम्मेवारी दिएर उनी बिदामा बसेकी हुन् । पार्टीको सहमतिअनुसार उनी बिदामा बसेको बताइएको छ । मन्सुरी कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

संसद् सचिवालयले भने यसबारे आधिकारिक जानकारी दिएको छैन । अहिलेसम्म उनी बिदा बसेकोबारे पत्र नआएको सचिवालयका प्रवक्ता गौतमराज अमात्यले बताए ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ ।

बैठकको कार्यसूची तय गर्न उपसभामुख सिर्जना दनुवारले बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी थिइन्। उनी बिदामा बसेसँगै अब प्रदेश सभा बैठक बस्नेरनबस्नेबारे अन्यौल सिर्जना भएको छ ।​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077