Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • रास्वपा सभापति लामिछानेले भने – ललिता निवास प्रकरणमा ठूलै गडबड छ !

    रास्वपा सभापति लामिछानेले भने – ललिता निवास प्रकरणमा ठूलै गडबड छ !

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 957
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललितानिवास प्रकरणमा निर्णयकर्ता सबैको बयान लिनुपर्ने बताएका छन् ।

    सामाजिक सञ्जालमा फेसबूकमार्फत धारणा राख्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।



    सभापति लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई कसैको आदेश नसुन्न र पूर्व प्रधानमन्त्रीहरूको बयान लिएर मात्र फाइल पेश गर्न आग्रह गरे ।



    सभापति लामिछानेले लेखेका छन्, ‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै विनाको अपूरो अधूरो फाइल पेश नगरोस् । गृहमन्त्रीज्यु, केही त गडबड छ‘ ठूलै गडबड छ ।’

    सो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईसहित निर्णय प्रक्रियामा सहभागी मन्त्रीहरूको बयानविना सीआईबीले आज फाइल बुझाउने तयारी गरेपछि सभापति लामिछानेको यस्तो धारणा आएको हो । सभापति लामिछानेले सो प्रकरणमा ठूलै गडबड भएको गृहमन्त्रीप्रति आशंका गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार