Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारीले किसानलाई मल बिक्री गर्ने क्रममा बदमासी भयो : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले केही सहकारीले किसानलाई मल बिक्री गर्ने क्रममा बदमासी गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले कृषि सामग्री लिमिटेड र साल्ट टे«डिङबाट अनुदानमा मल किनेर सहकारीले व्यापारीलाई महँगोमा बेच्दा त्यसको असर किसानलाई परेको बताए ।

संघीय सरकारले मल भित्र्याउने मात्र कार्य गरेको र वितरणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिइएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077