Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एआईजी सरुवा : मेट्रोमा दिपक थापा

काठमाडौं । महानगरीय प्रहरी कार्यालय (मेट्रो) मा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाको सरुवा भएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रशासन विभागमा कार्यरत एआईजी थापालाई मेट्रोमा सरुवा गरेको हो । मेट्रोमा कार्यरत श्याम ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ ।

स्रोतका अनुसार थापाको ठाउँमा एआईजी मिरा चौधरीलाई पठाइएको छ । यसैगरी पुलिस एकाडेमीमा सन्दिप भण्डारी र मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले बतायो ।

नक्कली सुन प्रकरण र ललिता निवास जग्गा प्रकरणको अनुसन्धान भइरहेका बेला सरकारले एआईजीहरुको सरुवा गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077