Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आत्मालोचना गर्ने विद्रोहीहरुको सदस्यता नवीकरण गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आत्मालोचना गर्ने विद्रोहीहरुको सदस्यता नवीकरण गर्ने भएको छ ।

हालै बसेको सचिवालय बैठकपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनमा विद्रोहीहरुको सदस्यता नवीकरण गर्ने उल्लेख छ ।

चुनावको बेला बागी÷विद्रोही भई कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय गरिएको छ ।

अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नहरुलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने पनि एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077