Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीको नाममा बनेका फेक एकाउन्ट बन्द गराउन पहल गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टीको नाम, लोगो र झण्डा प्रयोग गरेर बनाइएका फेक एकाउन्ट बन्द गराउने भएको छ ।

सामाजिक सञ्जालको दुरुपयोगमार्फत समाजमा भ्रम सृजना गरिरहेको निष्कर्षसहित एमालेले फेक एकाउन्ट बन्द गराउन पहल गर्ने निर्णय गरेको हो ।

साउन २९ र ३० गते बसेको एमाले सचिवालय बैठकले पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गराउने निर्णय गरेको अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अन्तर पार्टी निर्देशनमा उल्लेख छ ।

‘सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको छ । यसले पार्टीपंक्ति तथा समाजमा भ्रम सिर्जना गरिरहेको छ,' एमालेको अपानिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077