Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कानूनहरूको कार्यान्वयन गर्दै देशलाई समृद्धिको यात्रामा डोर्‍याउन आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएको बताएका छन् ।

मुलुकी संहिता दिवस २०८० को अवसरमा आज शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले नेपालको संविधानले अङ्गीकार गरेका विभिन्न मूल्य मान्यताहरू तथा प्रत्याभूति गरेका हक अधिकारको कार्यान्वयन गर्न पनि विभिन्न कानुनहरू निर्माण भएर कार्यान्वयनमा रहेका बताए ।

‘देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन नै हो,' उनले भने,'कानुनको सफल कार्यान्वयनमा नै राज्य व्यवस्था सही ढङ्गले सञ्चालन हुन पुग्दछ ।'

सबै कानूनहरूको कार्यान्वयन गर्दै देशलाई समृद्धिको यात्रामा डोर्‍याउन आवश्यक रहेको उनको भनाई छ । यसका लागि सम्बन्धित सबै पक्षको क्षमता विकासलाई प्राथमिकताका साथ निरन्तरता दिई संहिताको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता सबैले गर्न जरुरी रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077