Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • देवत्वकरण गर्ने अभियानमा एमाले : ओलीबाहेक अन्यको फोटो राख्न बन्देज

    देवत्वकरण गर्ने अभियानमा एमाले : ओलीबाहेक अन्यको फोटो राख्न बन्देज

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 504
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने अभियान थालेको छ ।

    पार्टी एवं जनसंगठनद्वारा आयोजना हुने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष ओलीको फोटो नै अनिवार्य राख्नुपर्ने निर्णय एमालेले गरेको हो ।



    गत सोमबार (२९ साउन) मा बसेको एमाले सचिवालय बैठकले पार्टी एवं जनसंगठनका सार्वजनिक कार्यक्रममा तीन अग्रजका अतिरिक्त पार्टी अध्यक्ष ओलीबाहेक अन्य कोही कसैको पनि फोटो प्रयोग गर्न नपाउने निर्णय गरेको हो ।



    एमालेले अध्यक्ष ओलीलाई देवत्वकरण गर्ने किसिमको निर्णय गरेको भन्दै सामाजिक सञ्जालका साथै सोही पार्टीका नेताहरूले समेत आलोचना गरिरहेका छन् ।

    पार्टीका अग्रज नेता पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारीका अतिरिक्त, कार्ल माक्र्स, लेलिनका साथै विश्व कम्युनिस्ट आन्दोलनका अन्य नेताहरूको फोटो राख्ने र कार्यक्रम गर्ने प्रचलन थियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार