काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गर्नुले निरंकुश प्रवृति हो की भन्ने प्रश्न उठेको बताएका छन् । बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता केसीले सो कुरा बताएका हुन् ।
उनले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीविरुद्ध अभिव्यक्ति दिएपछि नै शर्मालाई पक्राउ गर्नुले निरंकुश प्रवृति हो की भन्ने प्रश्न उठेको बताए । जुनसुकै भ्रष्टाचार प्रकरणमा सरकारले गर्ने अनुसन्धानलाई कांग्रेसले सहयोग गर्ने उनको भनाई छ ।
उनले भ्रष्टाचार प्रकरणको अनुसन्धानलाई सरकारले गर्ने अनुसन्धानलाई नजिकबाट हेरिरहेको बताए । यस्तै उनले सरकारको मिलेमतोविना विमानस्थलबाट सुन बाहिरिन नसक्ने जिकिर गरेका छन् । नेता केसीले गएको साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरूको मिलेमतोविना बाहिरिन नसक्ने दाबी गरे ।
उनले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताए । सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने उनको माग छ ।
Leave a Reply