Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशलाई नयाँ युगतिर लैजानु अहिलेको आवश्यकता हो : प्रधानमन्त्री प्रचण्ड

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टी सरकारमा गएपछि नागरिक र पार्टीबीचको सम्बन्ध टाँढिदै गएको बताएका छन् ।

बिहीबार रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २० औँ दोरम्बा स्मृति दिवस कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आउँदो तीन महिनाभित्र नयाँ–नयाँ वातावरण बनाउने, अर्को तीन महिनामा पार्टीलाई जीवन्त रूप दिने र त्यसपछि पार्टीले २०६४ सालको चुनावको जस्तै परिणाम ल्याउन गाह्रो नहुने दाबी गरे ।

‘हिजो हामी सामन्तवाद निरङ्कुशताविरुद्ध बन्दुक बोकेर लडाइँमा थियौँ । त्यस बेला माओवादी र नागरिकको सम्बन्ध पानी र माछाको जस्तै थियो, अहिले त्यो सम्बन्ध कायम छैन । विगतमा हामीले गरेका त्यस्तो सम्बन्ध केही अलमलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ सङ्कल्पसहित लागिपरेको छौँ । शान्ति, सहकार्य र एकताको सन्देशसहित देशलाई नयाँ युगतिर लैजानु अहिलेको आवश्यकता हो’ उनले भने ।

देशमा स्थायी शान्ति, सुशासन र समृद्धिका लागि अझै धेरै काम गर्न बाँकी रहेको पनि प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077