Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्छ : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सत्तामा रहेकै व्यक्तिहरुले एयरपोर्टबाट क्विन्टल सुन छिराउन सक्ने बताएका छन् ।

सार्वजनिक लेखा समिति बैठकपछि बोल्दै सांसद केसीले यस्तो बताएका हुन् । सांसद केसीले सत्तामा रहेका शक्तिसम्पन्न व्यक्तिको मिलेमतोबिना विमानस्थलबाट सुन बाहिरिन नसक्ने बताए ।

सांसद केसीले भने, 'एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एयरपोर्ट सत्तामा बसेका शक्तिसम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्विन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ रु त्यसलाई छान्नको निम्ति निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्छ ।’

उनले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गरे ।

उनले दुईटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट क्विन्टल सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने उल्लेख गरे ।

उनले अहिले प्रतिपक्षले संसदलाई बन्धक बनाइरहेको आरोप लगाए । विपक्षीले उठाएका कतिपय मुद्दाहरुमा आफ्नो सहमति रहेको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077