Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभापति चयन माग गर्दै एमालेद्वारा लेखा समिति बैठक बहिष्कार

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेको छ ।

समिति सभापति चयन नगरिएको भन्दै एमालेले लेखा समितिको बैठक बहिष्कार गरेको हो ।

एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो ।

समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् ।

एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गरेका थिए ।

एमाले अनुपस्थित हुँदा समिति बैठक बस्ने सम्भावना न्यून छ । बैठक सुरु हुनका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077