Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब एमालेको कार्यक्रममा आसनग्रहण नहुने, खादा–माला पनि बन्दका लागि ओलीले मागे सुझाव

काठमाडौं । नेकपा एमालेका औपचारिक कार्यक्रमहरुमा अब आसनग्रहण नहुने भएको छ । एमालेको सचिवालय बैठकले अबदेखिका औपचारिक कार्यक्रमहरुमा आसनग्रहण नगर्ने निर्णय हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमहरुमा आसनग्रहण गरेर समय धेरै वर्वाद भयो भन्ने गुनासो आएकाले अबदेखिका कार्यक्रममा आसनग्रहण नहुने सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘फेसबुक ट्वटिरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसनग्रहण गराएर समय वर्वाद गर्नु भएन भन्ने सुझाव दिने गर्नु भएको थियो। हो पनि। तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यससम्बन्धी निर्णय गरेको छ।’

यस्तै अबदेखि अनुहार नै छोपिनेगरी खादा–माला र कोटभन्दा ठूला ब्याज लगाउने प्रचलन पनि बन्द गर्नुपर्ने उनको भनाई छ । यसका लागि अध्यक्ष ओलीले सुझावसमेत मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077