Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अर्थतन्त्रलाई सही र विकासको बाटोमा अगाडि बढाउनु पर्‍यो, पक्षधरता नराखी छलफल गरौं : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रको सवालमा कुनै वैचारिक तथा सैद्धान्तिक पक्षधरता नराखी छलफल गर्नुपर्ने बताएका छन् ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था स् समस्या र समाधान’ विषयक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रलाई सही र विकासको बाटोमा अगाडि बढाउनुपर्ने बताए । “हामी त्यसको चिन्ता गरिरहेका छौं, आग्रह, पूर्वाग्रह, वैचारिक, सैद्धान्तिक पक्षधरता नराखिकन छलफल गरौं।अर्थतन्त्रलाई सही बोटामो फर्काऔं र विकासको बाटोमा अगाडि बढाऔं । कुनै समर्थन, आग्रह नलिइकन जहाँसम्म अर्थतन्त्रको कुरा छ के आग्रह, पूर्वाग्रह नराखी, विपक्षको समर्थन् वा विरोधको कुनै आग्रह नलिइ छलफल गर्ने हो” उनले भने ।

उद्योगलाई फस्टाउने वातारण छ भने सबैले ताली बजाएर समर्थन गर्नुपर्ने तर राजनीतिक संलग्नताको भरमा उद्योग मर्दै गएको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077