काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाउँदा एक क्विन्टल सुन ६१ किलोमा झरेको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । उनले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै एक क्विन्टलभन्दा बढी सुन भित्रिएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबनाएकाले सुनको परिणाम घटेको बताए ।
पहिले खोलामा सुन बग्छ भनिन्थ्यो तर अहिले एअरपोर्टबाटै सुन बगिरहेको उनको भनाई छ । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सुन बरामद गरेको थियो ।
सो सुन एक क्विन्टल भनेर प्रचार गरिएको थियो । तर यही हिजो गालेर जोख्दा ६० केजी ७१६ केजी भएको थियो ।