Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सत्तापक्षले जबरजस्ती संसद् अवरुद्ध गरिरहेको छ : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले नै संसद् अवरोध गरेको आरोप लगाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलपछि अध्यक्ष ओलीले यस्तो बताएका हुन् । सत्तापक्षले जबर्जस्ती संसद् अवरुद्ध पारेर राखेको अध्यक्ष ओलीको भनाई छ ।

अध्यक्ष ओलीले राष्ट्रपति पौडेलले संसद्मा रहेको गतिरोध अन्त्य गर्नु राम्रो हुने भनेको बताए ।

अध्यक्ष ओलीले भने, ‘संसद्को गतिरोध अन्त्य गराउने विषयमा छलफल भयो । उहाँले संसद् खोल्दा राम्रै हुन्छ भन्नुभयो, मैले खोल्नैपर्छ भनेँ । संसद् अवरोध गर्नुहुदैन, सत्तापक्षले जबरजस्ती संसद् अवरोध गरिरहेको छ, यो अवरोध सत्तापक्षले नै खुलाउनुपर्छ ।’

संसद्को गतिरोध खुलाउने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले छलफलका लागि बोलाएपछि ओली शितलनिवास पुगेका थिए । राष्ट्रपति पौडेल र ओलीबीच करिब एक घन्टा छलफल भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद भएको सुनका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै एमालेले सदनमा लगातार अवरोध गर्दै आएको छ।

एमालेको नाराबाजी र वेल घेराउले प्रतिनिधि सभा बैठक भदौ ३ गतेसम्म र राष्ट्रिय सभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको छ। यसबीचमा संसदको गतिरोध हटाउन राष्ट्रपति पौडेलले पनि पहल गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077