Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सप्तरीमा घुससहित लेखापाल र कम्प्युटर अपरेटर पक्राउ

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर लाई घुसको रकम लिँदै गर्दा नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले बुधबार बिहान सप्तरीको विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई घुसको रकम लिँदै गर्दा राजविराजबाट नियन्त्रणमा लिएको हो।

वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् ।

सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

लेखापाल टेकनारायण विष्णुपुर गाउँपालिकासँगै सप्तरी जिल्ला अदालतका लेखापालसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077