Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धनमा दरार पैदा गर्न खोजियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भइरहेका पछिल्ला सरकार विरोधी गतिविधि तथा संसद्मा देखिएको अवरोध आदिबाट गठबन्धनमा दरार पैदा गर्न खोजिएको बताएका छन् ।

मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो समय मलाई त्यस्तै लाग्दैछ । कतैबाट पनि सरकारलाई निकास ननिस्कियोस् भन्ने ढङ्गबाट कुराहरू आउने गरेका छन् । तर मलाई लाग्छ गठबन्धनमा त्यस्तो कुनै असजिलो छैन । सरकारले काम गरिरहेकै छ ।”

उनले यी पछिल्ला क्रियाकलाप गठबन्धन भत्काउने र सरकारप्रति पनि अविश्वास पैदा गर्ने काम भएको आफूले बुझेको बताए । उनले यस्ता क्रियाकलापका कारण सरकार सुशासन र जनतालाई सेवा दिने काम कारबाहीबाट पछि नहट्ने पनि स्पष्ट गरे । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077