Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नागरिकको फोन ट्याप गर्नेसहितको प्रविधि 'टेरामक्स' लागू हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विवादास्पद टेरामक्स प्रविधि कार्यान्वयन नगर्ने बताएका छन् । बालुवाटारमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नागरिकका फोन ट्यापिङ गर्नेसहितका प्रयोजनका लागिसमेत प्रयोग गर्न खोजिएको टेरामक्स प्रविधि कार्यान्वयन नगर्ने स्पष्ट पारे । उनले उपकरणमा खरिदमा करोडौं रुपैयाँ खर्च भए पनि त्यो लागू नहुने बताए ।

प्रधानमन्त्रीले टेरामोक्स लागू नहुने बताएसँगै नेपाल दूरसञ्चार प्राधिकरणले तीन अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च गरेर ल्याएको प्रविधि र उपकरण काम नलाग्ने भएका छन् ।

दुई करोड ३७ लाख ७० हजार अमेरिकी डलर (तीन अर्ब ११ करोड रुपैयाँभन्दा बढी) रकम खर्च गरी त्यसका लागि आवश्यक उपकरणसमेत विदेशबाट आयात भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077