काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ ।
पार्टीमा असन्तुष्ट रहेका एमाले नेता रावल र अध्यक्ष ओलीबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो ।
अध्यक्ष ओलीसँग कुरा गर्न रावल मंगलबार दिउँसो एमाले मुख्यालय च्यासल पुगेका छन्। अहिले ओली र रावलबीच च्यासलमा कुराकानी भइरहेको छ ।
पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् ।
उक्त महाधिवेशनमा रावलले ओलीको चाहानाविपरित उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।
केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए ।