Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - संसद् विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन नगरेको भए पार्टी ध्वस्त हुने बताएका छन्।

बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष ओलीले संसद् विघटन गरेर सही गरेको बताएका हुन्।

अध्यक्ष ओलीले भने,‘हामीले पुस ५ गते संसद् विघटन गर्‍यौं। हामीले ठीक ठानेर गर्‍यौं। ठीक भनेर गर्‍यौं। ठीक थियो र गर्‍यौं। नगरी नहुने थियो र गर्‍यौं। विलकुलै समसामयिक कदम चाल्यौं । यो नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो। ध्वस्त पार्ने षड्यन्त्र भएको थियो। हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए। त्यसलाई हामीले छिनालिदियौं।पुस ५ गतेको कदम भनेको त्यही हो। हामीलाई मार्न जुन डोरी बनाएका थिए, त्यो डोरी हामीहरूले काटिदियौं।’

षड्यन्त्र छिनेपछि तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरू आत्तिएको बताए। उनीहरूलाई पहिल्यैदेखि प्रतिनिधि सभा भंग हुने डर रहेको पनि अध्यक्ष ओलीले बताए ।

उनले नेता माधव नेपालले एमालेमै हुँदा पनि वामपन्थी दुई तिहाइको सरकार ढाल्नको लागि दक्षिणपन्थी सरकार बनाउनको लागि भोट हालेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077