काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन पुगेका छन् । जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि उपराष्ट्रपति यादव गएराति चीनको कुनमिङ पुगेका हुन् ।
चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन पुगेका थिए ।
उनलाई कुनमिङको चाङसुई अन्तर्राष्ट्रिय विमानस्थलमा युनान प्रान्तीय चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष चेन युहाउ, चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठ र युनान प्रान्तको विदेश मामिला कार्यालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका छन् ।
यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा यादव सहभागी हुनेछ ।
Leave a Reply