Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको निर्देशन - प्रदेश कमिटीमा १० प्रतिशत ४० वर्ष मुनिका युवा राख्नू

काठमाडौं । नेकपा एमालेले मातहतका कमिटीमा ४० वर्षभन्दा मुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको पार्टी सचिवालयको बैठकले प्रदेश कमिटीमा १० प्रतिशत युवा र जिल्लामा न्यूनतम १५ प्रतिशत राख्न निर्देशन दिएको हो ।

त्यस्तै, पालिका तहको कमिटीमा एक तिहाइ युवा हुनै पर्ने प्रावधानलाई कडाइका साथ लागु गर्न निर्देशन दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यस्तै एमालेले भदौ मसान्तसम्म गरिसक्ने भनेको प्रदेश कमिटीको अधिवेशन असोजसम्म गरिसक्ने गरी मिति हेरफेर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077