Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • तस्करीको झण्डै सय किलो सुन टक्सारमा पगाल्न सुरु

    तस्करीको झण्डै सय किलो सुन टक्सारमा पगाल्न सुरु

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 855
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सिनामंगलबाट बरामद तस्करीको झण्डै सय किलो सुन पगाल्न सुरु गरेको छ ।

    टक्सार महाशाखामा सीआईबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक सुमा मोरेर ल्याएको सुन पगालेर एकिन गर्न लागिएको हो ।



    राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो।



    उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो। सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको थियो ।

    सीआईबीले संगठित अपराध र राजश्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार