Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी नेताहरूलाई प्रचण्डले भने - सुन प्रकरणमा दोषी देखिए जेल बस्न तयार हुनू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुन तस्करी प्रकरणमा दोषी देखिए माओवादी नेताहरू पनि जेल बस्न तयार हुन भनेका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताउँदै यस्तो बताएका हुन् ।

उनले सुन तस्करी प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरिने बताए । सुन प्रकरणमा माओवादी नेताहरूकै संलग्नता रहेको प्रश्न उठ्न थालेपछि उनले यसबारे बैठकमा चासो व्यक्त गरेका थिए। ९ किलो सुन प्रकरणमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल पनि मुछिएका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले पदाधिकारी बैठकमा सुन प्रकरणमा दोषी देखिएका माओवादी नेताहरू जेल बस्न तयार हुनू भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077