Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेवाग्राहीसँग दुई लाख घुस लिने इन्जिनियरसहित दुई जना पक्राउ

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहिदनगर नगरपालिकाका इन्जिनियरसहित दुई जनालाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटेको अनुसन्धान अधिकृतको टोलीले घुस रकमसहित पक्राउ गरेको हो।

टोलीले विशेष सूचनाका आधारमा उक्त पालिकाका इन्जिनियर रमेशकुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

गोठकोयलपुरका विद्यालयको पर्खाल निर्माणवापत ठेकेदारसँग पटक पटक रकम माग गर्दै आएकोमा इन्जिनियर चौधरीले एक लाख नगद र सोही बराबरको चेक लिएको अवस्थामा पक्राउ गरिएको कार्यालयले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि टोलीले आफ्नो साथमा लगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077