Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

३३ किलो सुनबारे ओलीले भने - अनुसन्धान चित्त नबुझे थप छानबिन गर्न सकिन्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ किलो सुनबारे वर्तमान सरकारले छानबिन गर्न सक्ने बताएका छन् ।

आइतबार एमाले पार्टी कार्यालय च्यासलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार बन्नुभन्दा पहिला नै ३३ किलो सुन आएको बताए ।

अध्यक्ष ओलीले भने,‘३३ किलो सुन हाम्रो सरकार बन्नुभन्दा अगाडि अनेक सुनहरु उताबाट आउने र उता जाने भएको रहेछ। हामीले छानबिन समिति बनायौँ, सुन त भेटिएन। तर पुराना जो संलग्न छन् तिनिहरुलाई कारबाही गरियो। अहिले पनि जेलमा छन्।सुन त बाहिर पठाइसकिएको थियो, कहाँ गायब भयो, तर पत्ता लगाउन सकिएन। तर जति सकियो, त्यो केहिपनि हुने थिएन लुकेकै थियो नि पहिला सबै कुरा। हामीले थाहा पाएपछि छानबिन समिति बनायौं लुकेको कुरा थाहा पाएपछि कानुनी दायरामा ल्याएर कठघरामा उभ्यायौं।’

३३ किलो सुन प्रकरणमा भएको अनुसन्धानमा सरकारलाई चित्त नबुझे थप छानबिन गर्न सक्ने ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077