Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मिथिला विहारी नगरपालिकामा अख्तियारको छापा

धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला विहारी नगरपालिकाको कार्यालयमा छापा मारेको छ ।

व्यापक भ्रष्टाचार भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नगरपालिकामा छापा मारेको हो ।

अख्तियारका अधिकारीहरू करिब दुई घण्टादेखि नगरपालिकाको कार्यालयमा छन् । अहिले बाहिरका व्यक्तिलाई पस्न दिइएको छैन । अख्तियारका अधिकारीले उजुरी परेका विषयमा सम्बन्धित कागजात कर्मचारीसँग मागेका छन्।

नगरपालिकामा ज्येष्ठ नागरिकहरूलाई सम्मान कार्यक्रम, सिपमूलक तालिम, स्ट्रीट लाइट र चापाकल जडान, फर्निचर खरिद, इन्धन तथा सवारी ममर्तलगायतको शीर्षकमा करोडौं भ्रष्टाचार भएको उजुरी अख्तियारमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077