Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • केपी ओलीले भने – सुनकाण्डले गृहमन्त्री श्रेष्ठको असफलता देखाइसक्यो,राजीनामा दिनुको विकल्प छैन

    केपी ओलीले भने – सुनकाण्डले गृहमन्त्री श्रेष्ठको असफलता देखाइसक्यो,राजीनामा दिनुको विकल्प छैन

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 966
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणले गृहमन्त्री नारायणकाजी श्रेष्ठको असफलता देखाइसकेको बताएका छन् ।

    एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले गृहमन्त्री श्रेष्ठ असफल भइसकेकाले राजीनामा दिनुको विकल्प नभएको बताएका हुन् ।



    ओलीले भने,’राजीनामाबाहेक गृहमन्त्री आफैँ रोस्ट्रममा उभिन जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ‚ सुन भनेर पक्रिएर राख्यो‚ राखेको ठाउँबाट हराउँछ । गृहमन्त्रीको जवाफदेहीता होइन त्यो ? क्विन्टलका क्विन्टल सुन एउटा माध्यमबाट एउटा कम्पनीले ल्याएको छ । त्यस्ता कम्पनी कतिवटा छन् ?’



    सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई नागरिकता कसले दियो‚ त्यस विषयमा गरिएको छानबिन गायब गरिएको आरोप अध्यक्ष ओलीले लगाए ।

    साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा पास भएपछि राजश्व अनुसन्धान विभागले सिनामंगलबाट करिब एक क्विन्टल सुन पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार