Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - संसद सरकारले नै चल्न दिएन

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा उच्चस्तरीय छानबिन समितिको मागबाट एमाले पछि नहट्ने बताएका छन् ।

आइतबार पार्टी कार्यालय च्यासलमा विशेष पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा स्वतन्त्र र निश्पक्ष उच्चस्तरिय छानबिन समितिको अडानबाट पछि नहट्ने बताए ।

आफुहरुले सुन तस्करीको छानविनका लागि उच्च स्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै संघीय संसद्का दुवै सदनको कामकारबाहीमा अवरोध गरिरहेको अध्यक्ष ओलीको भनाई छ ।

उनले क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले नै तस्करहरुलाई संरक्षण गरेको आशंका गर्दै आफूहरुले भनेजस्तो उच्चस्तरीय छानबिन आयोग गठनको कुरा सुन्नै नचाहेको बताए ।

त्यस्तै अध्यक्ष ओलीले सत्ता पक्षले संसदमा प्रतिपक्षलाई बोल्न नदिएको दाबी गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले अहिलेको संसद एमालेले चलाउन खोजेपनि सरकारले चल्न नदिएको बताए ।

अध्यक्ष ओलीले भने,‘अहिले‍को संसदको अवरोध तपाईंहरुले देख्नभएको छ। हामी चलाउन खोजिरहेका छौं तर प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै, सत्तापक्ष जर्‍याकजुरुक्क सबै उठे‍र हो हल्ला गर्ने संसदमा व्यवधान गर्ने, बोल्न नदिने गरिरहेको छ।’

अध्यक्ष ओलीलेले संसद निदाएर बस्ने थलो नभएको बताए। ओलीले देश र जनताका पक्षमा बोलिएका विषयलाई सरकारले गम्भीरता पूर्वक लिनुपर्ने बताए। उनले अर्थतन्त्र नाजुक अवस्थामा पुगेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077