Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री भट्टराई र नेपाललाई पक्राउ नगरेकोप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललाई तत्काल पक्राउ गनुपर्ने बताएको छ ।

आइतबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेताहरुले यस्तो माग राखेका हुन् ।

सर्वोच्च अदालतले अनुसन्धान गर्न आदेश दिएपनि हालसम्म नेपाल र भट्टराईलाई सोधपुछसम्म नगरेकोप्रति एमालेले आपत्ति जनाएको छ।

एमाले प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले मन्त्रिपरिषदबाट भूमिका खेल्ने पूर्वप्रधानमन्त्रीहरुलाई अदालतबाट निर्देशनात्मक आदेश हुँदा पनि आजसम्म बयान गराउनु सरकारको गैरजिम्मेवार पन भएको बताए ।

उनले सरकारले सत्तापक्ष र विपक्षलाई फरक व्यवहार गरेको बताए। नेपाल प्रधानमन्त्री हुँदा ०६६ चैत २९ गते ललिता निवासको जग्गामा ‘विशिष्ट व्यक्ति’को निवास विस्तार गर्ने निर्णय भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077