Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीलाई भेटेर कांग्रेस सांसद शर्माले भने - प्रधानमन्त्री र गृहमन्त्री आतंककारी नै हुन्

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माबीच भेटवार्ता भएको छ ।

प्रमुख प्रतिपक्ष दलका नेता अध्यक्ष ओलाई भेट्न कांग्रेस सांसद शर्मा बालकोट पुगेका हुन् । सांसद शर्मालाई साउन २६ गते शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएको थियो ।

[insert page='240711' display='yopanipadhnuhos.php']

अदालतको आदेशपछि हिरासतमुक्त भएका सांसद शर्मा आइतबार बिहान एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

अध्यक्ष ओलीसँग भेटेपछि सांसद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए ।

सांसद शर्माले सदनमा गोप्य मतदान गरे प्रचण्डको पक्षमा २० मत पनि नआउने दाबी गरे । शर्माले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए । उनले आगामी दिनमा आफू कांग्रेसको नेतृत्व गर्ने व्यक्ति भएकाले एमाले प्रवेश गर्ने कुरामा सत्यता नभएको बताए ।

उनले गृहमन्त्रीले माफी दिँदै राजीनामा माग्दै एक्लै भएपनि संसद अवरोध गर्ने चेतावनी दिए । प्रधानमन्त्रीले अहिले फण्डामात्रै देखाएको जिकिर गर्दै शर्माले आज बस्ने पार्टी संसदीय दलको बैठकमा पनि कुरा राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077