Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेत सहभागि युवासंघको कार्यक्रममा कुटपिट, वडाध्यक्ष देवकोटा घाइते

कञ्चनपुर । नेकपा एमालेको भ्रातृ संगनठन युवासंघ कञ्चनपुरको जिल्ला अधिवेशनमा आन्तरिक किचलोका कारण कुटपिट भएको छ ।

शनिबार दिउँसो भएको विवाद चर्किएपछि भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि कुटपिट भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले राष्ट्रिय युवा संघ नेपालको आन्तरिक किचलोका कारण देवकोटामाथि कुटपिट जनाएको छ । अध्यक्ष देवकोटाको टाउकोमा चोट लागेको छ भने महाकाली प्रादेशिक अस्पतालले धनगढी रिफर गरेको छ । अध्यक्ष देवकोटामाथि हातपात गर्नेविरुद्ध उनकी श्रीमतीले जाहेरी दिएकी छन् ।

तर शनिबार भएका कारण जाहेरी दर्ता हुन नसकेको कञ्चनपुर प्रहरीले जनाएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले शुक्रबार उद्घाटन गरेको कार्यक्रममा लफडा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077