Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसलाई ओलीको प्रश्न – कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार नेपाली कांग्रेसलाई ‘कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ? भन्दै प्रश्न गरेका छन् ।

शनिबार काठमाडौंमा गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रले आयोजना गरेको एक कार्यक्रममा उनले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली यस्तो प्रश्न गरेका हुन् ।

उनले पुच्छरले कुकुर हल्लाएजस्तो भूमिकामा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस रहेकामा आफू छक्क परेको बताए । चार मन्त्रालय लिएर साना दलको पछि हिँडुन्जेल कांग्रेसमाथि आफूहरूले टिप्पणी समेत नगर्ने उनले बताए ।

उनले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी पनि दिए । पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077