Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनमत पार्टी आइतबार सरकारमा सहभागी हुने, अनिता मन्त्री बन्ने

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

प्रचण्ड मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ । उनीहरुमध्ये एकलाई हटाएर साहलाई मन्त्री बनाउने तयारी छ । सम्भवतः माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाउने सम्भावना छ ।

तर जनमतकी सांसद साहलाई आइतबार मन्त्री नियुक्त गर्ने तयारी छ । जनमतले यसअघि नै उनको नाम सिफारिस गरेको थियो । गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो ।

जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए। जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो। दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077