Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पत्नी सीताको निधनपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्ड चितवनमा

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन आएका छन् । प्रधानमन्त्री दाहाल आज साँझ चितवन आइपुग्नेका हुन् ।

प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहाल दुई दिनसम्म चितवनमा रहने छन् ।

प्रधानमन्त्री दाहालको आज साँझसम्म पारिवारिक भेटघाट बाहेक अन्य कार्यक्रम तय नभएको बताइएको छ ।

प्रधानमन्त्री दाहाल शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्ने छन् । श्रीमती सीता दाहालको निधनपछि प्रधानमन्त्री दाहाल पहिलो पटक चितवन आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077