Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डिजेल चोरीमा निगमका गण्डकी प्रदेश प्रमुख नै संलग्न, चितरञ्जनविरूद्ध पक्राउ पुर्जी जारी

कास्की । नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

इन्धन चोरी गरेको फेला परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले प्रदेश प्रमुख दासविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

प्रदेश प्रमुख दासले शुक्रबार प्रादेशिक कार्यालयबाट ३ हजार लिटर डिजेल चोरी गरी बिक्रीका लागि पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दासले शुक्रबार दिउँसो पश्चिमाञ्चल पेट्रोल पम्पका लागि लोड भएको ग २ ख ८३६ नम्बरको ट्यांकरमा डिजेल चोरी गरी बिक्रीका लागि पठाएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा प्रहरीले पक्राउ पुर्जी गरेको थियो ।

डाँडाकोनाक प्रहरीचौकीमा नापजाँचका क्रममा १२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा १५ हजार लिटर डिजल लोड गरिएको फेला परेको प्रहरीले जनाएको छ ।

पेट्रोल पम्पले किनेको भन्दा ३ हजार लिटर थप चोरीको डिजेल रहेकोले दासलाई पक्राउ पुर्जी जारी भएको हो । दासमाथि डिपोको लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरी इन्धन चोरी गर्ने गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077