Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज साउन २६ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल साउन २६ गते शुक्रबारको राशिफल ।

मेष

परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । शेयरको कारोबारबाट सफलता मिल्नेछ ।

मिथुन

रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

सिंह

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट होला । साँझपख शुभ समाचार पनि सुन्नमा आउन सक्छ ।

तुला

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शत्रु पनि पराजित हुनेछन् ।

धनु

आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ ।

कुम्भ

आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

बृष

यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ अतः सचेत रहनु राम्रो होला ।

कर्कट

कुनै कुराले मनमा शान्ति छाउनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्नेछ । डेकोरेसनको लगानीबाट लाभ मिल्नेछ ।

कन्या

मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्यमा समस्या पनि आउनेछ ।

बृश्चिक

आज अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । शत्रुमाथि विजय मिल्ने समय छ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।

मकर

आजको दिन लाभहानी, सुखदुःख मध्यम नै रहनेछ । धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला, साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ ।

मीन

आज नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता मिल्ला । भेटघाट हुने योग पनि छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077