काभ्रे । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वनलाई जोगाउन सबैले जोड दिनुपर्ने बताएका छन् ।
एमाले वन तथा वातावरण विभाग केन्द्रको आयोजना भएको बृहत वृक्षारोपण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले सामुदायिकस्तरमा संरक्षण गरिँदै आएको वन जंगल जोगाउन सबैले भूमिका खेल्नु पर्ने बताए। उनले वनलाई आर्थिक समृद्धिको आधार बनाउनु पर्ने बताए ।

आफूले रोपेको बोटबिरुवा हुर्काउने जिम्मा आफैँलाई रहेको बताउँदै अध्यक्ष ओलीले विरुवा रोपेपछि जिम्मा स्थानीय नागरिकलाई दिएको समेत बताए।

अहिलेको सामुदायिक वनले नेपालको अरु वन संरक्षण समितिभन्दा उत्कृष्ट काम गरेको बताए। वनलाई बहुआयामिक र बहु उपयोगी र उद्देश्य राखेर संरक्षण गरिनुपर्ने बताए ।