Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज साउन २५ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल साउन २५ गते बिहिबारको राशिफल ।

मेष

आज शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । दिनको उत्तरार्धमा धन खर्च पनि हुनेछ ।

मिथुन

आज स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा बाधा आउन सक्छ । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ ।

सिंह

आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला

मानसिक चिन्ता बढ्न सक्छ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता पनि भइएला ।

धनु

कूटनीतिक नियोगको सहयोग मिल्ला । गरेको कार्यमा सफलता पाइनेछ । कुनै कुराले मनमा शान्ति छाउला । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

कुम्भ

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला तर आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनैतिक कार्यमा पनि बाधा आउनेछ ।

बृष

आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । माइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ ।

कर्कट

आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।

कन्या

आज पुनर्मिलनको योग रहेको छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

बृश्चिक

आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सन्तान सुख मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन पनि लाग्नेछ ।

मकर

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

मीन

आजको दिन शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077