Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध

काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ ।

विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएपछि मङ्गलवारदेखि सेवा अवरुद्ध भएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रवारसम्म सुचारु हुने छ ।

अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ ।

यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077