Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मकवानपुर पहिरो : वेपत्ता ६ मध्ये एकजना १४ घण्टापछि सकुशल भेटिए

मकवानपुर । मकवानपुरमा पहिरोले पुरिएर वेपत्ता भएका एकजना १४ घन्टापछि सकुशल भेटिएका छन् ।

जिल्लाको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले पुरिएर वेपत्ता भएका ६ मध्ये १९ वर्षका पासाङ घिसिङ सकुशल भेटिएका हुन् ।

सिन्धुली हरिहरपुर गाउँपालिका-१ ककरेका घिसिङको १४ घन्टापछि घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उनी पाहुना लागेको मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाएको थियो ।

स्याङ्तानसहित उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी अझै वेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077