Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुन तस्करीबारे संसदमा गृहमन्त्री श्रेष्ठको कुरा सुन्न एमाले तयार

काठमाडौं । लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने भएको छ ।

गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन भएको हो ।

तर, तीन दलका शीर्ष नेताहरुको बैठकमा सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको मागमा सहमति भएन ।

प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित बसेको शीर्ष नेताको बैठकमा एमाले संसदमा गृहमन्त्रीलाई बोल्न दिन तयार भएको हो ।

विमानस्थल भन्सार कार्यालयबाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गर्नुपर्ने माग कायमै रहेको एमाले सचेतक महेश बर्तौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077