Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मकवानपुर पहिरो : उद्धार गरिएकी महिलाको मृत्यु, ६ जना अझै बेपत्ता [अपडेट]

मकवानपुर । मकवानपुरको वाग्मती गाउँपालिका–५, सिक्रे दोभानमा पहिरोले घर बगाउँदा उद्धार गरिएकी एक जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण आएको पहिरो मंगलबार बिहान करिब ४ बजेको समयमा अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा उनको पत्नीको मृत्यु भएको हो ।

यस्तै ६ जना अझै बेपत्ता रहेका छन् । बेपत्ताको मकवानपुर र काभ्रेका प्रहरीसहित स्थानीयले खोजी गरिरहेका छन् ।

पहिरोमा परी घाइते भएकी ५५ वर्षीय शान्तिमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोमा परी बेपत्ता हुनेमा मकवानपुर वाग्मती–५ सिक्रे दोभानका ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षकी शिला पहरी, पहरीका पति अन्दाजी २५ वर्षका जीवन पहरी, पहरीका छोरा अन्दाजी ४ वर्षका मिलन र छोरी करिब डेढ वर्षीय दिव्या पहरी र घरमा पाहुना आएका सिन्धुली हरिहरपुर गाउँपालिका–१ का १६ वर्षीय पासाङ घिसिङ रहेका छन् । उनीहरुको खाजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077