Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत नारायणगढ(मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेपछि बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो ।

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ ।

थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान गरिएको छ । सडक अवरुद्ध हुँदा सो क्षेत्रमा यात्रु र सवारी साधन अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077