Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्र बैंकले गर्‍यो तीन बैंकलाई कारबाही, २ करोडसम्म जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले पटक पटक नीतिगत व्यवस्था पालना नगरेका तीन वटा बैंकलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासमा तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनरकानुन पालना नगरेको भन्दै राष्ट्र बैंकले प्राइम कमर्सियल, कुमारी र हिमालयन बैंकलाई कारबाही गरेको हो । प्राइम कमर्सियल बैंकले कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको बैंकले जनाएको छ । यस्तै कानुन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकाले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको सूचनामा उल्लेख छ । साथै गएको माघमा कर्जा–निक्षेप अनुपात कायम नगरेको कुमारी बैंकलाई ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ तथा कात्तिकमा कर्जा–निक्षेप अनुपात कायम नगरेको हिमालयन बैंकलाई एक करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ जरिबाना गरिएको बैंकले जनाएको छ । प्राइम र कुमारी बैंक पहिलो पटक कारबाही परेका हुन् भने हिमालयनलाई दोस्रो पटक कारबाही गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077