Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

आगो निभाउने अभियानका क्रममा उक्त हेलिकोप्टर दुर्घटना भएको हो।

आगो निभाउने अभियानका क्रममा दुई हेलिकोप्टर ठोक्किएको थियो। तीमध्ये एउटा दुर्घटनामा परेको र अर्को सुरक्षित अवतरण गरेको थियो।

दुर्घटनामा हेलिकोप्टरमा सवार तीन जनाकै मृत्यु भएको हो। राष्ट्रिय यातायात सुरक्षा बोर्डले उक्त दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।

क्याल फायरका दक्षिणी क्षेत्रका प्रमुख डेभिड फल्चरले घटनालाई अपूर्णीय क्षति भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077