Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीन अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा ३ अंकको गिरावट आएको छ ।

अघिल्लो दिन ३८ अंकमाथिले घटेको नेप्से सूचकमा आज थप ३.२१ अंकले घट्दै २ हजार ४८.२६ अंकको विन्दुमा झरेको हो ।

३ अंकमाथिले नेप्से घटेको आज २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार रुपैयाँ बराबरको ६६ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज बैंकिङ, हाइड्रोपावर, इन्भेष्टमेन्ट र अन्य समूहको उपसूचक ऋणात्मक भएको छ भने डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् ।

आज नेपाल रिपब्लिका मिडियाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने गोर्खाज फाइनान्सको ९.७४ प्रतिशतले बढेको छ । यता छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने ६.४५ प्रतिशतले घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077